काठमाडौं । मालपोत कार्यालय डिल्ली बजारबाट अख्तियारकाे टोलीले ५ जना कर्मचारी घुस लिएकाे आरोपमा पक्राउ गरेकाे छ ।
सरकारी कार्यालय खुलेको दोस्रो दिनमै साढे ८ लाख घुससहित पाँचजना कर्मचारी पक्राउ गरिएकाे अख्तियारले जनाएकाे छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक अधिकृत, तीन नासु र एक खरिदारलाई मंगलबार साँझ पक्राउ गरेको हो ।