मंसिर ०७, २०८१, शुक्रबार
               

आठ महिने शिशुसहित थप १० जनामा कोरोना संक्रमण

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीमा आठ महिनाको शिशुसहित थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा रेसुङ्गा नगरपालिकामा ९ जना र सत्यवती गाउँपालिकामा एक जना गरी १० जनामा संक्रमण देखिएको हो ।

योसँगै गुल्मीमा संक्रमितको संख्या ५८ पुगेको छ ।

थपिएका संक्रमितमध्ये रेसुङ्गा नगरपालिकाको वडा नम्बर–२ का ३१ वर्षका, वडा नम्बर–११ मा २४ वर्षका, वडा नम्बर–१३ का २४ वर्षका, पुरुष रहेका छन् । त्यस्तै वडा नम्बर–४ मा १८ वर्षकी युवती र ८ महिनाको बच्चामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै नगरपालिकाको वडा नम्बर–१२ मा २४ वर्षका, २० वर्षका, २३ वर्षका र १८ वर्षका पुरुषमा संक्रमण पुष्टि भएको हो ।

भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरुमा लिएको स्वाब परीक्षण अनुसार कोरोना संक्रमणको पुष्टि भएको हो ।

सत्यवती गाउँपालिकाको वडा नम्बर–६ मा २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । 

सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र आइसोलेसनमा राखेर उपचार भइरहेको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि