मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकीमा थपिए २१ संक्रमित

नेपाल फ्ल्यास
असार ०३, २०७७

ADVERTISEMENT

पोखरा । नवलपुर र पर्वतमा गरी गण्डकी प्रदेशमा २१ संक्रमित थपिएका छन् । 

आज (बुधबार) भेटिएका संक्रमितमा नवलपुरका १८ र पर्वतका तीन जना रहेका छन् ।

स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार नवलपुरको हुप्सेकोट गाउँपालिकामा १४ संक्रमित थपिएका छन् ।

हुप्सेकोटका १९, १९, २३, २०, २४, ३५, ३६, १८, २०, १८, २०, २४, २१, १८ वर्ष उमेर समुहका र मध्युविन्दु नगरपालिकाका १६ र ३० वर्ष उमेर समुहका दुई पुरुष छन् । 

यस्तै, कावासोती नगरपालिकाका एक जना ३७ वर्षीय पुरुषमा र पालिका नखुलेको २७ वर्षिय एक पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

पर्वतको फलेवास नगरपालिकाका २ जना १९ र २१ वर्षीय दुई पुरुष र ४६ वर्षिय एक महिलामा समेत गरि पर्वतमा तीन जना नयाँ संक्रमित थपिएका छन् । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको कुल संख्या २४७ पुगेको छ । 


कस्तो लाग्यो ?

यो पनि