चितवन । पहिरोको कारण नारायणगढ-मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । बुधबार बिहान इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा पहिरो खसेपछि यो सडक पूर्णरुपमा बन्द भएको हो ।
रातिको वर्षाका कारण पहिरो गएको र अहिले पहिरो हटाउने काम भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक दयाकृष्ण भट्टले बताए ।
पहिरो खसिरहेको कारण बाटो सफा गर्न कठिनाइ भएको छ । त्यो ठाउँ अत्याधिक पहिरोको जोखिमयुक्त क्षेत्र मानिन्छ । त्यहाँ पहिरो नियन्त्रणको काम भइरहेको छ । बाटो बन्द भएपछि सवारी साधनहरुलाई दासढुङ्गा र मुग्लिन बजारमा रोकिएका छन् ।