काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १७६ जना संक्रमित निकाे भएर घर फर्किएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक लाइभ अपडेटमा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म डिस्चार्ज हुनेकाे संख्या १ हजार ५७८ पुगेको छ ।