प्युठान । प्युठानकाे झिमरुक गाउँपालिकास्थित सर्वद्वोय माध्यमिक विद्यालयकाे क्वारेन्टाइनमा बसेर घर फर्किएकी एक बालिकाकाे शनिबार मृत्यु भएकाे छ ।
झिमरुक स्वास्थ्य शाखा प्रमुख विकास केसीका अनुसार ४ दिनअघि उनी हाेम क्वारेन्टाइन फर्किएकी हुन् । भारतबाट बुबासहित फर्किएकी बालिका मुटु र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् ।
उनीहरूले क्वारेन्टाइन अवधि पुरा गरेपछि आरडिटी परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएपछि घर पठाइएकाे थियो ।