मंसिर ०७, २०८१, शुक्रबार
               

पोखरासहित गण्डकी प्रदेशमा थपिए १९ संक्रमित

नेपाल फ्ल्यास
असार ०७, २०७७

ADVERTISEMENT

कास्की । पोखरा महानगरपालिकामा कोरोना भाइरसका थप एक संक्रमित भेटिएका छन् । 

प्रदेश क्षयरोग केन्द्रमा गरिएको परिक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको हो । 

पोखरा महानगरपालिकाका ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

उनीसँगै स्याङ्जामा १०, नवलपुरमा १, कास्कीकै मादी गाउँपालिकामा १, बागलुङमा ५ र तनहूँमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

कोरोना  पुष्टि भएका १९ संक्रमितमध्ये चापाकोट नगरपालिका स्याङ्जाका ३० वर्षिया महिला त्यसैगरि स्याङ्जा गल्याङ नगरपालिकाकै ४५ वर्षीया महिला छिन् । 

बाँकी १७ जना पुरुष छन् ।  संक्रमितहरुको उमेर कम १७ देखि ४६ वर्षसम्मको रहेको छ । 

योसँगै प्रदेशमा कुल संक्रमित संख्या ५२३ पुगेको छ । 

गण्डकीका सबै जिल्लामा कोरोना संक्रमित पुष्टि भई सकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि