मंसिर ०७, २०८१, शुक्रबार
               

अब दैनिक ‘विपद बुलेटिन’

नेपाल फ्ल्यास
असार १२, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपद्को बारेमा जानकारी दिने उद्देश्यले दैनिक ‘विपद् वुलेटिन’ सुरु गरेको छ । 

दिनभर कहाँकहाँ कस्ताकस्ता घटना भए, कहाँकहाँ जोखिम छ, वर्षा र बाढीको जोखिम कुन ठाउँमा छ र कहाँ बढी पानी पर्छ लगायतका जानकारी उक्त बुलेटिनबाट समावेश गरिने प्राधिकरणले जनाएको छ । 

प्रारम्भिक चरणमा हरेक बिहान १० बजे पछिल्लो २४ घण्टाको विवरण सार्वजनिक गर्ने गरिएको र यसलाई अझै विस्तार गर्दै लगिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । 

प्राप्त विवरणअनुसार पछिल्लो २४ घण्टामा चट्याङका कारण तीन जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । विभिन्न ठाउँमा भएको आगलागीमा परी तीन जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा विपद्का १६ वटा घटना भएको पोखरेलले जानकारी दिए ।

विपद् बुलेटिनमा प्राप्त विवरणअनुसार कोसी नारायणी र यसका सहायक नदीहरूमा पानीको बहाब बढ्नेछ । कर्णाली र महाकालीमा पनि सामान्य उतारचढाव हुने, कन्काई, कमला, वाग्मती, राप्ती, बबईलगायतका नदीहरुमा पनि बहाव बढ्ने जनाइएको छ । 

प्राधिकरणले त्यस आसपास र सहायक नदीहरुमा सतर्कता अपनाउन अनुरोधसमेत गरेको छ । उक्त बुलेटिन राष्ट्रिय विपद् न्यूनीकरण पोर्टल, प्राधिकरणको फेसबुक तथा ट्वीटरबाट समेत सार्वजनिक हुने जनाइएको छ । 


कस्तो लाग्यो ?

यो पनि