काठमाडौं : नेपालमा कोरोना भाइरस ७७ जिल्लामै फैलिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मनत्रालयका अनुसार शनिबार रसुवामासमेत कोरोना पोजेटिभ पुष्टि भएसँगै सबै जिल्लामा संक्रमण पुगेकाे हाे ।
शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रसुवाका ८ महिला र एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हाे । यसअघि रसुवाबाहेक ७६ जिल्लामा मात्र संक्रमण फैलिएकाे थियो ।
साथै पछिल्लो २४ घण्टामा १३६ जना डिस्चार्ज भएका छन् भने ५५४ जनामा संक्रमण देखिएकाे स्वास्थ्य तथ जनसंख्या मन्त्रालयले जनाएकाे छ ।