काठमाडौं । काेराेना संक्रमणबाट थप एक जनाकाे मृत्यु भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएकाे हाे ।
मन्त्रालयका अनुसार म्याग्दीका शिशुकाे घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका उनकाे शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो ।
यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।