मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौंको ढलमा पनि देखियो कोरोनाभाइरस, 'समुदायमा फैलिएको प्रमाण'

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकाका ढलमा कोरोना भाइरस (कोभिड–१९) देखिएको छ ।

सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपाल (सीएमडीएन) ले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको हो ।

संस्थाले बिहीबार उपत्यकाका विभिन्न स्थानबाट संकलन गरेर परीक्षण गरेको ढलको पानीमा कोरोना भाइरस देखिएको तथ्य सार्वजनिक गरेको हो ।

सीएमडीएनका अध्यक्ष तथा प्रबन्ध निर्देशक डा. दिवेश कर्माचर्याको नेतृत्वमा गरिएको अनुसन्धानले यस तथ्य पत्ता लगाएको हो ।

यसको मतलब समुदायमा कोरोना संक्रमित मान्छेहरु छन भन्ने रहेको उनले जानकारी दिए ।

उनले अरु ठाउँमा दिशामा पनि कोरोना संक्रमण देखिएकाले काठमाडौंमा देखिन्छ कि देखिदैँन भन्ने अध्ययन गर्दा ढलमा समेत कोरोना देखिएको बताए ।

सेन्टर फर मोलिक्युलर डायनामिक्स नेपालले गरेको अनुसन्धानमा उपत्यकाको ढलमा कोरोना भाइरस देखिएको छ

जनस्वास्थ्य विज्ञ समिरमणि दीक्षितले उपत्यकाको ढलमा कोरोना भाइरस देखिनुको अर्थ समुदायमा कोरोना भाइरस फैलिएको तथ्यलाई पुष्टि गर्नु भएको बताए । 

दीक्षितले यस अनुसन्धानले समुदायमा परिक्षण एकदमै आवश्यक देखिएको बताए ।

काठमाडौंमा सामाजमा कोरोना भाइरस फैलाएको छ कि छैन भन्ने बहस गरिरहँदा यस तथ्यले छ भनेर संकेत गरेको उनले बताए ।


कस्तो लाग्यो ?

यो पनि