पाल्पा । पाल्पामा एक युवकले आत्महत्या गरेका छन् । रम्भा गाउँपालिका–४, हुमिनका २० वर्षीय युवकले सोमबार राति आत्महत्या गरेका हुन् ।
रुपन्देहीको लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसन कक्षमा १५ दिन बसेर घर फर्किएकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन् ।
उनी एक महिनाअघि भारतको मुम्बईबाट फर्किएका थिए ।
उनी २८ दिनसम्म गाउँकै विद्यालयको क्वारेन्टाइनमा बसेका थिए ।
कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएपछि उनलाई लुम्बिनी मेडिकल कलेजस्थित आइसोलेसनमा राखिएको थियो ।
आइसोलेसनमा १५ दिन बसेर कोरोनामुक्त भई उनी घर फर्किएका थिए ।
'आइसोलेसन कक्षमा १५ दिन बसेर घर फर्किएकै दिन उनले आफ्नै घरमा आत्महत्या गरेका हुन्' वडाध्यक्ष भोजबहादुर विकले जानकारी दिए ।