काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आजको मौसमका गतिविधिबारे देशका आम नागरिकलाई सतर्कता अपनाउन सचेत गराएको छ । पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशका अधिकांश भू–भागमस सामान्य बदली रही देशकाका धेरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै, सुदुरपश्चिम प्रदेश, प्रदेश ५, गण्डकी प्रदेश, बाग्मति प्रदेश, प्रदेश २ र प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राती देशका अधिकांश भू–भागमा सामान्य बदली प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का धेरैजसो स्थानहरुमा तथा बाँकी प्रदेशहरुका केही स्थानहरुमा मेघगर्जन रचट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानहरुमा र प्रदेश ५, कर्णालि प्रदेशका र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेकाले पूर्वानुमान महाशाखाले आम नागरिकलाई सतर्कता अपनाउन सचेत गराएको छ ।