मंसिर ०७, २०८१, शुक्रबार
               

शंखमुलका एक युवकको कोरोना संक्रमणबाट मृत्यु

नेपाल फ्ल्यास
असार २७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट काठमाडौंका एक युवकको मृत्यु भएको छ ।

शुक्रबार काठमाडौं शंखमुल निवासी ३० वर्षीय युवकको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि ती युवक असार २३ गतेदेखि पाटन अस्पतालको आइसोलेसना उपचाररत थिए ।

उनको उपचारकै क्रममा शुक्रबार अपराह्न्न साढे ४ बजे मृत्यु भएको हो ।

नेपाली सेनाको राजदल गणका प्रमुख सेनानी उत्तम सापकोटाका अनुसार, शव शुक्रबार बेलुका ८ बजे पशुपति आर्यघाटको विद्युतीय शव गृहमा जलाइएको हो । 

शव व्यवस्थापनमा सेनाकै टिम परिचालन गरिएको थियो ।

यसैबीच, बिहीबार कोरोना संक्रमित भएर मृत्यु भएका सिन्धुपाल्लोकका ३५ वर्षीय पुरुषको शव पनि पनि हिजै (शुक्रबा) विद्युतीय शव गृहमा जलाइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि