चितवनको भरतपुर मेडिकल कलेजबाट चार जना डाक्टरहरू पक्राउ परेका छन् । अवैध रुपमा मृगौला प्रत्यारोपण गरेका अभियोगमा प्रहरीले चार जना डाक्टरहरुलाई पक्राउ गरेको हाे ।
प्रहरीले डाक्टरहरू सुप्रभात श्रेष्ठ, राकेश बर्मा, बालकृष्ण कालाखेती र जिल्ला प्रशासन कार्यालयका एक अधिकारीलाई पनि पक्राउ गरेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोबाट गएको टोलीले डाक्टरहरूलाई पक्राउ गरी काठमाडौं ल्याउदैँछ।
सो कलेजले एक जना नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपण गरेको अभियोगमा संलग्न देखिएपछि पक्राउ गरिएको प्रहरीको दाबी छ ।