काठमाडाैं । सलह किरा पुन: नेपाल प्रवेश गरेका छन् ।
आइतबार दाङमा सलह दुई झुन्ड प्रवेश गरेको सलह सूचना केन्द्रले जानाएको छ ।
केन्द्रका अनुसार आइतबार बिहान साढे ९ बजे र दिउँसो गरेर दुईवटा झुन्ड दाङमा देखिए हुन् ।
केन्द्रका अनुसार आइतबार एक/दुई लाखको संख्यामा सलहको समूह नेपाल प्रवेश गरेको छ । यतिखेर सो झुन्ड आकाशमा उडिरहेको बताइएको छ ।
यसअघि सलह सूचना केन्द्रले भारतको राजस्थानबाट उत्तरपूर्वतर्फ हावा बहन थालेकाले सलह पुन: नेपाल प्रवेश गर्ने अनुमान गरेको थियो ।
दाङमा सलह प्रवेश गरेपछि राप्ती गाउँपालिकाले कृषकहरुलाई खबर गरेर सचेत हुन आग्रह गरेसँगै कृषक अहिले मकैबारी र धानखेतमा भाँडाको आवाज र आँगो बालेर धुँवा निकालेर बसेको बताइएको छ ।