मंसिर ०७, २०८१, शुक्रबार
               

धरानमा कोरोना संक्रमित पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

सुनसरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ ।

सप्तरीको राजविराज नगरपालिका–६ निवासी ७३ वर्षीय पुरुषको गएराति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ । 

धरानमा गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । उनी भारतको विभिन्न ठाउँमा व्यापारको लागि आउजाउ गर्ने गरिएको बुझिएको छ ।

उनलाई असार ३१ गते इमेरजेन्सी कक्षमा भर्ना गरिएको थियो । उनी उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको अस्पतालले जनाएको छ ।

स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई हिजो प्रतिष्ठानको आइसोलेसनमा सारिएको थियो । 

उनको शव अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ।

मृतक प्रदेश २ (सप्तरी) का भए पनि प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु भएको यो पहिलो घटना हो । 


कस्तो लाग्यो ?

यो पनि