मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकीमा थपिए २५ संक्रमित

नेपाल फ्ल्यास
साउन ०२, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

क्षयरोग केन्द्र पोखरा र प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडामा गरिएको परीक्षणबाट थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार थपिएका संक्रमितमध्ये नवलपरासी पूर्वको गैंडाकोट नगरपालिकाका १८ जना पुरुष छन् ।

त्यस्तै तनहुँ व्यासका तीनजना पुरुष, म्याग्दे र भानुका दुई–दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि