मंसिर ०७, २०८१, शुक्रबार
               

मुस्ताङ-बेनी सडकखण्डमा पहिरो

नेपाल फ्ल्यास
साउन ०३, २०७७

फाइल फोटो
ADVERTISEMENT

पोखरा । मुस्ताङको थासाङ–४ अन्तर्गत काभ्रेभिरमा कालीगण्डकी नदीले कटान गरी पहिरो जाँदा सडक अवरुद्ध बनेको छ । 

निरन्तर वर्षाका कारण बहाव बढेको कालीगण्डकीले भिर कटान गर्दा चार दिन अघिदेखि मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध हुन पुगेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।

सडक अवरुद्ध भएको ठाउँ म्याग्दी र मुस्ताङको सिमानामा पर्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङका सिडिओ वेदप्रसाद अर्यालले जानकारी दिए । 

कालीगण्डकीको बहावले गर्दा काभ्रेभिरमा क्षति पुगेको  उनले बताए ।

पहिरोले मुस्ताङ–बेनी सडकखण्ड अवरुद्ध भएपछि शुक्रबारबाट नेपाली सेनाले पहिरो हटाउने काम गरिरहेको अर्यालले जानकारी दिए । 

‘मान्छे हिँड्न मिल्छ । तर, सवारी साधन हिँड्न सक्ने अवस्था छैन,’ उनले भने, ‘पहिरो हटाउन नेपाली सेनाको टोली परिचालन भइसकेको छ ।’ 

आइतबार बिहानसम्म उक्त सडक खण्डको पहिरो हटाइसक्ने उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि