दार्चुला । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर दार्चुलामा आमा–छोरीको मृत्यु भएको छ ।
दार्चुलाको नौगाड गाउँपालिका ६ मा पहिरो जाँदा ४२ वर्षीया मानमतीदेवी ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार, अविरल वर्षासँगै गएराति आएको पहिरोका कारण घर भत्किँदा दुई जनाको मृत्यु भएको हो ।
परिवारका अन्य सदस्य भने सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।
त्यस क्षेत्रका केही स्थानीय भने सामान्य घाइते भएको बताइएको छ ।