धनगढी । दार्चुलामा पहिरोले घर भत्किँदा च्यापिएर आमा–छोरीको मृत्यु भएको छ ।
आइतबार राति अबिरल वर्षाका कारण आएको पहिरोले घर भत्किँदा च्यापिएर नौगाड गाउँपालिका–६ मा ३५ वर्षीया मानमतीदेवि ठगुन्ना र उनकी ६ वर्षीया छोरी आरतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घर माथिबाट आएको पहिरोले घरको सम्पूर्ण सामान नष्ट भएको छ । पहिरोमा परी चारजना घाइते भएका छन् । पहिरोले एउटा विद्यालय भवन र चार घर बगाएको जनाएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार प्रहरी घटनास्थलतर्फ गइरहेको छ । जिल्लाका विभिन्न ठाउमा अत्यधिक वर्षासँगै बाढी र पहिरोबाट क्षति पुगेको जनाइएको छ ।