मंसिर ०७, २०८१, शुक्रबार
               

३३ घर पहिरोको उच्च जोखिममा

नेपाल फ्ल्यास
साउन ०५, २०७७

ADVERTISEMENT

दोलखाको भिमेश्वर नगरपालिका–३ का विभिन्न टोलका ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेका छन् । भिमेश्वर नगरपालिका–३ तार्थली नागीधाराका १५ घर र तल्लो पुरानो बजार क्षेत्रका १८ घर गरी ३३ घरधुरी पहिरोको उच्च जोखिममा परेको वडाध्यक्ष हरिशरण सिवाकोटीले बताए ।

वर्षातकाे समयमा बाढी पहिरोको जोखिम बढिरहेको बेला सामान्य वर्षा हुँदा पनि पहिरो गइरहने हुँदा पानी पर्दा रातभर जागै बस्नुपर्ने बाध्यता रहेको स्थानीय जलमाया थामीले बताइन् । ज्याला मजदुरी गरी जीविका चलाउँदै आएका र कम मूल्यमा घर जग्गा किनी बसेका तर भारी वर्षाका कारण दैनिक चिन्ता हुने गरेको मन्सरी थामीले बताइन् । यस क्षेत्रमा दोलखाको कालिञ्चोक र विगु गाउँपालिकाका विभिन्न क्षेत्रबाट बसाइँ सरी आएका समुदायको बसोबास रहेको छ । विसं २०७२ को भूकम्पपछि यहाँ विभिन्न क्षेत्रबाट मानिस बसाइँ सरी बसोबास गर्दै आएका छन् ।

नगर तथा वडाले पहिरो नियन्त्रणका लागि पहल तथा सहयोग गरेता पनि भिरालो जमीनका कारण बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गर्नुको विकल्प नरहेको वडाध्यक्ष सिवाकोटीले बताए । नगरपालिका तथा वडाले पहिरो नियन्त्रणका लागि तारजाली र त्रिपाल सहयोग गरेको छ । बस्ती बसेको जमिन भिरालो रहेको र तल्लो भूभाग माथिल्लो तामाकोशीको सडक रहेको र स–साना पहिरो गइरहने समस्या भएको स्थानीयवासीले बताएका छन् । 


कस्तो लाग्यो ?

यो पनि