मंसिर ०७, २०८१, शुक्रबार
               

लमजुङ पहिरो अपडेटः १८ घर पुरिए, तीन घाइते

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

लमजुङ । अविरल वर्षापछि लमजुङमा पहिरो जाँदा १८ घर पुरिएका छन् । 

मर्स्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारी गाउँमा आज बिहान पहिराले घरहरु पुरिएका हुन् । 

उक्त स्थानमा मङ्गलबार गएको कपासेखोलाको पहिरोमा थप पहिरो सोही स्थानबाट आएकाले घर पुरिएका वडाध्यक्ष प्रेम बस्नेतले बताए । 

पहिरोले घर पुरिँदा सुजन अछामी, देवबहादुर सार्की, सिर्जना गोतामे घाइते भएको उनले जानकारी दिए । घाइतेमध्ये सिर्जनाको खुट्टा भाँचिएको, देवबहादुरको खुट्टाको गेडी भाँचिएको र सुजनको टाउकोमा चोट लागेको छ । 

घाइतेलाई बेसीशहर नगरपालिका–८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा ल्याउने तयारी भइरहेको छ । 

मङ्गलबार नै सो पहिराले गाउँमा क्षति गर्न थालेपछि स्थानीयलाई अन्यत्र राखिए पनि उनीहरु आज बिहान सामग्री निकाल्नका लागि आएका र सो पहिराले घाइते भएको वडाध्यक्ष बस्नेतले बताए । 

गाउँका ८० घरमा नै क्षति पुग्ने सम्भावना रहेको स्थानीयको भनाइ छ । 

जनप्रतिनिधि, प्रहरी, स्थानीयलगायतले पहिराले नपुरिएका घरका  सामग्री निकालिरहेका छन् । 


कस्तो लाग्यो ?

यो पनि