मंसिर ०७, २०८१, शुक्रबार
               

पहिरोले घर पुर्दा महिलाको मृत्यु

नेपाल फ्ल्यास
साउन ०७, २०७७

ADVERTISEMENT

स्याङ्जा । गए रातिदेखि परेको अविरल वर्षाका कारण पहिरोले पुर्दा गल्याङ नगरपालिका– १० सिमलसौँराकी ५२ वर्षीया माया सारु (यामकुमारी) को मृत्यु भएको छ । 

बिहान साढे ३ बजे खसेको पहिरोमा परी घाइते भएकी उनकी छोरी २० वर्षीया नारायणीलाई भने स्थानीयवासीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए । 
 
राति खाना खाएर आमाछोरी सुतेकामा बिहान स्थानीयवासीले पहिरोले पुरेको देखेपछि एक जनाको उद्धार गरिएको प्रहरीले जनाएको छ । 

घरदेखि करीब २५ मिटर माथिबाट आएको पहिरोले घर पुरेको हो ।  

घाइते सारुको गह्रौ अस्पताल वालिङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

पहिरोले छिमेकी पदम सारु र जवन सारुका घरमा समेत क्षति पुगेको छ ।स्थानीयवासीले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि