लगातारको वर्षाले देशभर बाढी तथा पहिरोको जोखिम बढ्दै गएको छ । सामाजिक सञ्जालमा बाढी पहिरो हेर्न जानेको भिड लागेका तस्बिर सार्वजनिक भैरहेका छन् । सरकारले जोखिमयुक्त ठाउँमा नजान आग्रह गरको छ । तरपनि कतिपय मानिस के रहेछ भन्दै पुलको माथि र बाढी पहिरो गएको स्थानमा गएर घण्टौं हेरिरहेका र सेल्फि खिचेका फोटोहरु भाइरल भइरहेको छ । अहिले नारायणी नदी हेर्न पुलमाथि घुइँचो लागेको फोटो सामाजिक सञ्जालमा भाईरल छ । यस्तै कोशी नदीमा बढेको सतह हेर्नेहरुको समेत घुईचो लागेको देखियो । काठमाडौमै बाग्मती नदी, धोवीखोला, मनोहरा नदीमा बढेको सतह समेत हेर्न सकेत धेरे भीडभाड थियो ।
लगातारको वर्षाले देशभर बाढी तथा पहिरोको जोखिम बढ्दै गएको छ । कतिपयको जोखिम थाहा नपाएर वा सावधानी अपनाउँदा अपनाउँदै ज्यान गएको छ । कतिपय भने रमाइलोका लागि बाढी पहिरो हेर्न जाने, सेल्फी खिच्नेलगायतका कारणले गर्दा जोखिममा पर्ने गरेका छन् ।
जोखिमयुक्त ठाउँहरुमा मानिसको भिडभाड भएका तस्बिरहरुले आफूहरुको ध्यान केन्द्रीत गरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समिर श्रेष्ठ बताउँछन् । उनले भने ‘मौसम प्रतिकूल रहेको अवस्थामा बाढी पहिरो गएका ठाउँ र पुलको माथि जाँदा आफैंलाई हानी हुन्छ, यसैले त्यस्तो गर्नु मुर्खता हो ।’
मौसमविद् श्रेष्ठका अनुसार नदी तथा खोलाको माथिल्लो क्षेत्रमा पानी परेको बेलामा र तटीय क्षेत्रमा पानी नपरेको अवस्थामा एक्कासी बाढी आएर बगाउने जोखिम हुन्छ । त्यस्तै कतिपय ठाउँमा भरुवा माटो हुने र थाहा नहुने हुँदा भास्सिने जोखिम हुन्छ । कतिपय मानिसहरु काठ संकलन गर्न र सेल्फी खिच्न खोलारनदीमा जाँदा बगाएर ल्याएको काठ वा धारिलो धातुले चोटपटक लाग्ने जोखिम हुन्छ । जोखिम भएका ठाउँका मानिसहरुलाई अति आवश्यक प्राथमिक उपचार, नियमित सेवन गर्नुपर्ने औषधि र खानेपानीको जोहो गरेर राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।
पहिरोविद् डा.सुबोध ढकाल सुरक्षाकर्मी र तालिमप्राप्त उद्दारकर्ताहरुबाहेक अरु त्यस्तो जोखिमयुक्त ठाउँमा जान नहुने बताउछन् । ‘तालिमप्राप्त व्यक्तिहरुलाई जोखिमबारे ज्ञान हुँदा अप्ठ्यारो अवस्था आईहाले पनि बाहिर निस्कन सक्छन् । तर सामान्य मानिसको ज्यानसमेत जाने हुन्छ । यसैले त्यस्तो ठााउमा जानु हुँदैन ’ उनले भने ।