मंसिर ०७, २०८१, शुक्रबार
               

गण्डकीमा थपिए पाँच संक्रमित

नेपाल फ्ल्यास
साउन ०८, २०७७

ADVERTISEMENT

पोखरा । गण्डकी प्रदेशमा थप पाँच जना कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पर्वतमा दुई, कास्कीमा दुई र स्याङ्जामा एक जना संक्रमित थपिएका हुन् ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि भएकाको संख्या १ हजार ३ सय ५० पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयले बिहीबार बिहान जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्वतको मोदी गाउँपालिकामा एक जना पुरुष र एक जना महिलामा कोरोना संक्रमण देखिएको छ । उनीहरु २५ र ३१ वर्ष उमेर समूहका छन् ।

यसैगरी कास्कीको पोखरा उपमहानगरपालिकामा २५ र ३८ वर्षका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्याङ्जाको चापाकोट नगरपालिकाका २८ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि