काठमाडौं । विराटनगर कोशी अस्पतालको आइसोलेसनमा भर्ना भएकी एक महिलाको निधन भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि आइसोलेसनमा भर्ना भएकी ती महिलाको शुक्रबार निधन भएको हो ।
श्वास प्रश्वासमा समस्या भएपछि उनी बिहीबार आइसोलेसनमा भर्ना भएकी थिइन् । मृतक महिलाको स्वाब संकलन गरी परीक्षण गरिए पनि रिपर्ट भने आइनसकेको छैन ।