काठमाडौं । नेपालमा कोरोनाबाट थप एक युवतीको मृत्यु भएको छ । शुक्रबार साँझ बारा जिल्ला परवानीपुर गाउँपालिका–४ की १७ वर्षीया कोरोना संक्रमित युवतीको मृत्यु भएको जनाइएको छ ।
उनको मृत्युअघि नै स्वाब संकलन गरिएको अस्पतालले जनाएको छ । स्वाबको रिपोर्ट पोजेटिभ आएको वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी विशेष कोभिड अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।
यसबारे स्वास्थ्य तथा जनसंख्या मन्त्रालय काठमाडौंले औपचारिक जानकारी भने दिन बाँकी रहेको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ जना पुगेको छ ।