मंसिर ०७, २०८१, शुक्रबार
               

पहिरोले खोला थुन्यो, ७० परिवार जोखिममा

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

गोरखा । गोरखाको धार्चे गाउँपालिका–७ मा पहिरोले स्थानीय नौलीखोला थुनिएपछि ठूलो ताल बनेको छ ।

धार्चेको लापुस्थित मापुडाँडामा राति १ बजे पहिरो गएको हो। पहिरोले विगत नौ घण्टादेखि खोला थुनिएको गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए ।

सिरानमा पहिरोले खोला थुनिएपछि त्यसमुनीका गाउँ जोखिममा परेका छन् ।

एसपी गुरुङका अनुसार, जोखिम क्षेत्रमा पर्ने न्याउली बस्तीका १२ घरका मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ ।

सानो निकासबाट थुनिएको पानी बग्न थाले पनि जोखिम टरि सकेको छैन ।

मापुमा डाँडा नै भासिएर झरेको पहिरोले खोला थुनेको हो। पहिरो झर्ने क्रम शनिबार बिहानसम्म पनि नरोकिएको स्थानीयले बताएका छन् ।

खोला आसपासका क्षेत्रमा करिब ७० घरधुरीको बसोबास छ। खोला आसपास क्षेत्रका अरू बस्ती पनि सार्ने क्रममा रहेको वडाध्यक्ष सूर्यमान गुरुङले जानकारी दिए ।

खोला थुनिएपछि त्यस आसपासको बाटोबाट पैदल आउजाउ पनि बन्द गरिएको एसपी गुरुङले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि