काठमाडौं । नेपालमा हालसम्म कोरोना संक्रमित मध्ये ७०.६ प्रतिशत निको भएर घर फर्किएका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कुल १८ हजार ४८३ मध्ये १३ हजार ५३ जना कोरोना संक्रमित निको भएर घर फर्किएको जानकारी दिए ।
हालसम्म ५ हजार ४३० जना संक्रमितकाे विभिन्न अस्पतालमा उपचार भइरहेको छ । साथै ४५ जना संक्रमितको मृत्यु भएको छ ।