मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यकामा थपिए ३ जना कोरोना संक्रमित

नेपाल फ्ल्यास
साउन १०, २०७७

ADVERTISEMENT

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन् । 

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् । 

पाटन अस्पतालमा गरिएको परीक्षणमा काठमाठडौंका १ र ललितपुरका १, स्टार अस्पताल सानेपामा काठमाडौंका १ जनामा कोरोना पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यता पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि