मंसिर ०७, २०८१, शुक्रबार
               

जलाउन चित्तामा राखिएको बृद्धको शव प्रहरीले समात्यो

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । जलाउनको लागि चित्तामा राखिएको शव प्रहरीले नियन्त्रणमा लिएको छ । जनकपुरस्थित बटेश्वर गाउँपालिकाको बडरी खोलामा जलाउनको लागेको वडा नम्बर २ का ८० वर्षीय बृद्ध रामविलास ठाकुरको शव प्रहरीले शनिबार नियन्त्रणमा लिएको जनाएको छ ।

स्थानीय वासीन्दाले हत्या भएको सूचना प्रहरीलाई दिएपछि उक्त शव नियन्त्रणमा लिएको बताइएको छ । कुटपिट गरेर ती बृद्धा ठाकुरको हत्या भएको र लुकाउनको लागि हतार गरेर शव जलाउन लागेको सूचना स्थानीयले प्रहरीलाई दिएको प्रहरीको भनाइ छ । यस घटनाबारे गहिरो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि