मंसिर ०७, २०८१, शुक्रबार
               

कोभिड अस्पतालमा एक पुरुषको मृत्यु

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

वीरगञ्जस्थित नारायणी अस्पतालअन्तर्गतको गण्डक कोभिड अस्पतालमा एक पुरुषको मृत्यु भएको छ ।

वीरगञ्ज आदर्शनगरका ६५ वर्षीय वृद्धमा आरडिटी पोजेटिभ देखिएको थियो । 

गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

मधुमेह र मुटुरोगी रहेका उनको केही दिनदेखि स्वास्थ्यमा समस्या देखिएको थियो । उनलाई शनिबार नारायणी अस्पतालमा कोरोना परीक्षण गर्न लगिएको थियो । 

उनको पीसीआर परीक्षणको रिपोर्ट भने आइसकेको छैन ।

नारायणीमा स्वाब दिएपछि उनलाई उपचारका लागि शनिबार साँझ वीरगञ्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागि लगिएको थियो । 

हेल्थ केयरमा आरडीटी परीक्षण गर्दा एन्टीबडी पोजेटिभ देखिएको थियो । त्यसपछि शनिबार राति नै ८ बजेतिर गण्डक अस्पतालमा भर्ना गरिएको थियो ।

गण्डक अस्पतालमा उपचारका क्रममा राति ११ बजेतिर स्थिति गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो । 

उनको आइतबार बिहान मृत्यु भएको गण्डक अस्पतालका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए ।

उनी वीरगञ्जको आदर्शनगरमा व्यवसाय गर्दै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि