मंसिर ०७, २०८१, शुक्रबार
               

'गृह मन्त्रालयले के जात्रा देखाको ?'

नेपाल फ्ल्यास
साउन ११, २०७७

ADVERTISEMENT

काठमाडौं । पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले गृह मन्त्रालयको आलोचना गरेका छन् ।

यात्राको क्रममा बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै बास्कोटाले गृह मन्त्रालयको आलोचना गरेका हुन् ।

कोरोना भाइस (कोभिड १९) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले एक जिल्लाबाट अर्को जिल्लामा यातायात सञ्चालनमा रोक लगाएको छ ।

सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएकोप्रति बास्कोटाले गृहको आलोचना गरेका हुन् ।

गृह मन्त्रालयले ‘जात्रा’ देखाएको उनले टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, 'गृह मन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने एक किलोमिटर हिडाउने फेरि अर्को बस चढाउने ?'

यात्रुले बेकारको सास्ती र दुःख पाएको भन्दै बास्कोटाले उक्त नियम हटाउन आग्रह समेत गरेका छन् । 

उनले लेखेका छन्, 'न चेकजाँच न अरु ? बेकारको सास्ती के उदेश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।'

कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै सरकारले हाल जिल्लाभित्र मात्रै सार्वजनिक सवारी साधन चलाउन दिइए पनि गाडीमा यात्रा गर्ने यात्रुहरुको स्वास्थ्य परीक्षण भने हुने गरेको छैन ।

यो पनि