दाङ । दाङका थप ५ जनाका कोरोना संक्रमण पुष्टि भएको छ। भेरी अस्पताल बाँके नेपालगञ्जमा गरिएको स्वाब परिक्षणमा तुलसीपुर उपमहानगरपालिकाका ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेहरुमा तुलसीपुर १३ का १६ बर्षिय पुरुष, वडा नम्बर १४ का २४, ३१ र ३६, ३६ वर्षमा पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको अस्पतालले जनाएको छ । यसो सँगै दाङमा कोरोना संक्रमितको संख्या ६ सय ४९ पुगेको छ ।
ति मध्य ६ सय ३ जना भने कोरोना मुक्त भैसकेको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ। यसैबीच भेरी अस्पतालमै गरिएको स्वाब परिक्षणमा बाँके राप्ती सोनारी गाउँपालिका ८ का २४ बर्षिय पुरुष र ४९ बर्षीया महिलामा पनि कोरोना देखिएको छ ।
त्यस्तै प्युठान मल्लरानी गाउँपालिका ३ का एक जना २९ वर्षीय पुरुषमा समेत कोरोना देखिएको अस्पतालले जनाएको छ ।
वितेको २४ घण्टामा भेरी अस्पतालले २ सय ६५ जनाको स्वाब परिक्षण गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।