काठमाडौं । देशभर गत २४ घण्टामा कोरोनाभाइरसका कारण थप तीन जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ।
पर्साका ६५ वर्षीय, धनुषाका ३६ वर्षीय र बाराका ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सँगै अहिलेसम्म ४८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएकाे छ ।
सङ्क्रमितको सङ्ख्यासँगै निको हुनेको सङ्ख्या पनि बढिरहेको छ । पहिलो २४ घण्टामा ६२६ जना निको भएसँगै अहिलेसम्म १३,७५४ जना कोरोनामुक्त भएका छन् ।
विगत २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ३०० जनाकाे परीक्षण भएको मन्त्रालयले जनाएको छ । कुल पीसीआर परीक्षणको सङ्ख्या ३ लाख ४२ हजार ४५७ रहेको छ ।