काठमाडौं । ललितपुरस्थित पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको अस्पतालका निर्देशक डा. विष्णु शर्माले जानकारी दिए ।
संक्रमित महिलामा निमोनिया र उच्च रक्तचापसम्बन्धी समस्या रहेको समेत डा. शर्माले बताए ।
उनलाई साउन ६ गते पाटन अस्पतालको आइसियूमा भर्ना गरिएको थियो ।