मंसिर ०७, २०८१, शुक्रबार
               

उपरथी हमालबाट फोर्स कमान्डरको कार्यभार

नेपाल फ्ल्यास
साउन १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाका उपरथी ईश्वर हमालले  संयुक्त राष्ट्रसङ्घको सिरियास्थित शान्ति मिसन (अनडोफ) फोर्स कमान्डरको कार्यभार सम्हालेका छन् ।  उक्त मिसनका निमित्त प्रमुख एमिदो मिसेलसँग  गत शुक्रबार आयोजित समारोहमा उनले कार्यभार बुझ्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यसबखत त्यहाँ तैनाथ शान्ति सैनिकको एक टुकडीले उनलाई सम्मानगारत अर्पण गरेको थियो । 

सो अवसरमा उपरथी हमालले शान्तिस्थापनामा सहयोग पुर्‍याउने मिसनको प्राथमिक लक्ष्य हासिल गर्न  सबैको सहयोगको अपेक्षा गरे । संयुक्त राष्ट्रसङ्घका महासचिवले  उपरथी हमाललाई गत फागुन १२ गते फोर्स कमान्डरमा नियुक्त गरे । 

कोभिड–१९ को जोखिमका कारण अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएपछि उनलाई त्यसतर्फ जान केही ढिलाइ भएको थियो । शान्ति मिसनको फोर्स कमान्डरको जिम्मेवारी सम्हाल्ने उपरथी हमाल छैटौँ नेपाली उच्च सैनिक अधिकृत छन् ।


कस्तो लाग्यो ?

यो पनि