काठमाडौं । जनकपुरधाममा सोमबारदेखि निषेधाज्ञा जारी गरिएको छ ।
आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले जनकपुरधाममा सोमबार राति १२ बजेदेखि लागू हुने गरी एक सातासम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।
कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सो क्षेत्रमा निषेधाज्ञा जरी गरिएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिको हो ।
निषेधाज्ञाको समयमा अतिआवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको छ ।
स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको उनले जानकारी दिए ।
केही दिनले सरकारले औपचारिक रुपमा लकडाउन हटेको घोषणा गरे पनि पछिल्लो समय संक्रमण बढ्दै गएपछि वीरगन्ज महानगरपालिकामा पनि निषेधाज्ञा जारी गरिएको छ ।