काठमाडौं । गण्डकी प्रदेशमा थप १९ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी (बर्दघाट, सुस्तापूर्व)का ९ जना, कास्कीको पोखरा महानगरपालिकाका ४ जना, बागलुङ, तनहुँ र गोरखाका दुई/दुईजना संक्रमित थपिएका हुन् ।
आइतबार बिहानमात्रै गण्डकीमा २० जना संक्रमित थपिएका छन् । गण्डकीमा आइतबार मात्रै ३९ जनामा कोरोना पुष्टि भएको हो ।योसँगै संक्रमितको जम्मा संख्या १५२४ पुगेको छ ।
हालसम्म प्रदेशमा १३०४ जना आइसोलेसनबाट डिस्चार्ज भइसकेका छन् ।