काठमाडौं । सरकारले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएपछि सरकारले बुधबारबाट अत्यावश्यक कामबाहेक सर्वसाधरणलाई सिंहदरबार प्रवेशमा रोेक लगाएको हो ।
गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाका अनुसार, कोरोनाको जोखिम थप बढेका कारण भेटघाट लगायतका कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई रोक लगाइएको हो ।
उनले अत्यावश्यक काम खुल्ने कागजात देखाएर सर्वसाधारण र प्रेस पासका आधारमा सञ्चारकर्मी भने प्रवेश गर्न पाउने जानकारी दिए ।
अत्यावश्यक काममा नरोकिने, तर भेटघाट, गफगाफका लागि आउनेलाई भने प्रवेशमा रोक लगाइने उनले बताए ।
सर्वसाधारणका लागि सिंहदरबारभित्रका विभिन्न कार्यालयले जारी गर्ने गेटपास वितरण समेत बन्द गरिएको छ ।