काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस गरिएको छ ।
बुधबार दिउँसो ४:३० बजे भूकम्पको धक्का महसुुस भएको हो ।
ललितपुरको बंगलामुखी मन्दिर केन्द्रबिन्दु भएकर ३.५ रेक्टर स्केल स्केलको भूकम्म आएको राष्ट्रिय भूकम्प केन्द्रले जानकारी दिएको छ ।
यसअघि हिजो (मंगलबार) राति पनि काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको थियो ।
राष्ट्रिय भूकम्प केन्द्रका अनुसार मंगलबार राति ११ बजेर २७ मिनेटमा २.७ रेक्टर स्केलको भूकम्पको धक्का गएको थियो ।
सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको केन्द्रले जनाएको छ ।