मंसिर ०७, २०८१, शुक्रबार
               

प्रदेश २ का मन्त्रीलाई कोरोना संक्रमण, किन गएनन् अस्पताल ?

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

जनकपुरधाम । प्रदेश २ का एक मन्त्रीलाई कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।

प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवमा कोरोना संक्रमण पुष्टि भएको हो । 

साउन १८ गते काठमाडौंबाट फर्केर १९ गते परिक्षणका लागि स्वाब दिएका मन्त्रीको बुधबार बेलुका रिपोर्ट पोजिटिभ रिपोर्ट आएको हो ।

उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनी अस्पताल नगइ मन्त्री निवासमै आइसोलेशनमा बसेका छन् । 

आफूमा कुनै प्रकारको लक्षण नदेखिएकाले घरमै आइसोलेशनमा बसेको उनले जानकारी दिए ।

आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गराउन समेत उनले आग्रह गरेका छन् ।

प्रदेश २ मा अहिलेसम्म ५ हजार २७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २१ जनाको मृत्यु भएको छ ।


कस्तो लाग्यो ?

यो पनि