मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय दूतावासका कर्मचारीलाई देखियो कोरोना

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

वीरगंज । पर्साको वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका कर्मचारीलाई कोभिड १९ को संक्रमण देखिएको छ ।

नारायणी अस्पतालका अनुसार वीरगंजस्थित दूतावासका एक जना ३० वर्षीय पुरुष कर्मचारीको कोरोना रिपोर्ट पोजेटिभ आएको हो । कर्मचारीमा कोरोना देखिएपछि दूतावासमा सतर्कता अपनाइएको छ ।

दूतावासका कर्मचारीसँगै बिहीवार ४३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । संक्रमितहरु ७ वर्षदेखि ७३ वर्ष उमेर समूहका छन् । चिकित्सक, सैनिक, नेता, शिक्षक, अस्पतालका कर्मचारी, बैंकका कर्मचारी, लायन्स क्लबका पदाधिकारी रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि