पर्सा । बिहीबार राति पर्सामा थप एक सय ४१ जना कोरोना संक्रमित थपिएका छन् ।
नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति गरिएको पीसीआर परीक्षणमा २१ महिला सहित एक सय ४१ जना संक्रमित थपिएको नारायणी अस्पतालका मेसु डा.मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार एक सय ४१ जना संक्रमितहरुमध्ये सबैभन्दा धेरै जिल्ला प्रहरी कार्यालय पर्सामा रहेका प्रहरी र थुनुवा ४४ जना रहेका छन् ।
तराई हस्पिटलका एक, पशु अस्पतालका एक, सेनाका पाँच, कारागारका दुई, नेशनल मेडिकल कलेजका एक जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु डा.उपाध्यायले बताए ।
जसमा बारा र रौतहटका चार–चार जना रहेका छन् भने वीरगन्ज महानगरपालिकाका विभिन्न वडाका रहेका छन् ।
यसैगरी पर्सागढी नगरपालिकाका दुई जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्मै पर्सामा संक्रमित थपिने सर्वाधिक संख्या हो ।
संक्रमित थपिएसँगै पर्सामा संक्रमितको संख्या आठ सय ९५ पुगेको उनले बताए ।