मंसिर ०७, २०८१, शुक्रबार
               

डायलाइसिसकै क्रममा कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सिराहाको गोलबजार-१२ का २५ वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले जानकारी दिए ।

डाक्टर सापकोटाका अनुसार ती पुरुषमा साउन २२ गते (हिजो) कोरोना पुष्टि भएपछि जनकपुर अस्पतालबाट बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । उनी विगत २ वर्षदेखि मृगौलाको उपचार गराउँदै आएका थिए । उनको सातामा दुईपटक डायलाइसिस हुने गरेको थियो ।

संक्रमित पुरुषको डायलाइसिसकै क्रममा राति मृत्यु भएको सापकोटाले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि