मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौं उपत्यका १५ दिनको लागि ‘सटडाउन’: ‘संक्रमण देखिएको क्षेत्र सिल’

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । उपत्यकामा कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ । 

उक्त अवधिमा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ हुने छ । काठमाडौं उपत्यकामा तत्काल लकडाउन भने नहुने बताइएको छ ।

शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य संघ र सुरक्षा निकायका प्रमुखसहितको बैठकले सटडाउन गर्ने निर्णय गरेको हो ।

यस अवधिमा बढी संक्रमण देखिएको क्षेत्रलाई सिल गर्ने निर्णय समेत भएको ­छ । 

‘सटडाउन’ अवधिभरमा जिल्ला प्रशासन कार्यलयबाट हुने केही विषेश कामबाहेकका सेवा बन्द हुने छन्  । अन्य सरकारी कार्यालयको हकमा कार्यालय प्रमुखले निर्णय गर्ने छन् । 

मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही गरिनेछ ।

सवारी साधनमा लागू गरिएको जोर बिजोर प्रणालीलाई कडाईका साथ पालना गराउने निर्णय समेत बैठकले गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि