मंसिर ०७, २०८१, शुक्रबार
               

सीडीओ कार्यालयहरु 'सटडाउन': कठोर बन्दै सरकार, ठाउँको ठाउँ कारवाही

नेपाल फ्ल्यास
साउन २३, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरस नियन्त्रणका लागि सरकार कठोर हुने भएको छ । कोरोनाको संक्रमण दर तीव्र रुपमा फैलन थालेपछि सरकार कठोर रुपमा प्रसतुत हुन लागेको हो ।

शुक्रबार बसेको तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक स्थान, सरकारी तथा गैरसरकारी कार्यालयहरूमा भीड जम्मा हुन नदिन कठोर कदम चाल्ने निर्णय गरेको हो ।  

यसैबीच वैठकले उपत्यकास्थित तीनवटै जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) आइतबारदेखि (१५ दिनसम्म) 'सटडाउन' गर्ने निर्णय गरेको छ । सटडाउन अवधिभर ती कार्यालयबाट अत्यावश्यकबाहेकका सबै सेवा रोकिने छन् ।

काठमाडौंका प्रजिअ जनकराज दाहालले नेपाल फ्ल्याससँग भने,

- काठमाडौं उपत्यकामा मानवीय गतिविधि र आवतजावतमा थप कडाइ गरिनेछ ।

- कोरोना तीव्र गतिमा फैलिँदै गएको छ। अब जथाभावी हिँडडुल गर्ने र भीड बढाउनेलाई ठाउँको ठाउँ कारवाही गर्छौं ।

- जरिवानासहित आवश्यकता अनुसार अवस्था हेरेर कैदसम्मको सजाय गर्न सक्ने गरि कदम चाल्दैछौँ ।

- जहाँजहाँ संक्रमण बढी देखिएको छ, त्यो क्षेत्रलाई सिल गरिने छ । टेकु, न्युरोड, महाबौद्ध एरिया सिल गर्दैछौं ।

- जिल्ला प्रशासन कार्यालयहरुले अत्यावश्यक बाहेकका सेवा १५ दिनसम्म रोक्ने भएको छ ।

- सरकारी तथा गैरसरकारी कार्यालयसँगै सपिङ मल, व्यापारिक प्रतिष्ठान, उद्योग, कलकारखानाको पनि कडा निगरानी गरिने छ । 

- व्यापारिक प्रतिष्ठानले पनि नेपाल सरकारले तोकेको मापदण्ड पूरा नगरेमा कारवाही थाल्छौं ।

- सबैलाई स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराउन आजैदेखि कडिकडाउ हुन्छ ।

- मास्क र स्यानिटाइजरको प्रयोग नगर्ने तथा सुरक्षा सावधानी नअपनाउनेलाई कडा कारबाही हुन्छ ।

- सवारी साधनमा लागू गरिएको जोरबिजोर प्रणालीलाई कडाईका साथ पालना गराइनेछ ।

- स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकल उद्योगहरूले पनि पालना गर्नुपर्छ । 


कस्तो लाग्यो ?

यो पनि