काठमाडौं । पर्साको बहुदरमाई नगरपालिकाका नगर प्रमुख नितेन्द्र प्रसाद साहसहित २३ जनामा कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै, धोविनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई समेत कोरोना पुष्टि भएको पर्साका कोरोना फोकल पर्सन जेमुद ठाकुरले जानकारी दिए ।
नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूको संक्रमण पुष्टि भएको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार हालसम्म पर्सा जिल्लामा कोरोना संक्रमितको कुल संख्या ९६२ छ ।
यसमध्ये ७ सय ८२ पुरुष र १८० महिला संक्रमित छन् ।