काठमाडौं । काठमाडौंको गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको छ ।
टोलमा आठ जनालाई कोरोना संक्रमण देखिएपछि गहनापोखरी–हाँडीगाउँ क्षेत्र सिल गरिएको हो ।
गहनापोखरीबाट पूर्वतर्फ पर्ने हाँडीगाउँको कोटाल टोलमा कोरोना संक्रमितहरु फेला परेपछि सो क्षेत्र सिल गरिएको हो ।
संक्रमितहरु नेपाल प्रहरी, प्रहरीका परिवार र स्थानीय घर धनीहरु छन् ।
त्यहाँ अघिल्लो बिहीबार एक प्रहरीमा सुरुमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रहरीका परिवारमा थप चार जनामा पनि कोरोना देखिएको स्थानीय नेता तथा समाजसेवी बिरेन्द्र प्रजापतीले जानकारी दिए ।
उनीहरुको सम्पर्कमा रहेकाको स्वाब संकलन गरेर परीक्षण गर्दा शुक्रबार थप पाँच जनामा कोरोना पुष्टि भएको थियो ।